Nepali date


आइतवार, साउन ५, २०७६

प्रदेश नं. २ मा आज सामाजिक विषयको परिक्षा पनि रद्ध, प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल

काठमाडौ । प्रदेश नम्बर २ मा आज हुने एसईई परीक्षाको प्रश्नपत्र पनि बाहिरिएको छ । जारी एसईई अन्तर्गत ‘अनिवार्य सामाजिक अध्ययन’ विषयको प्रश्नपत्र पनि बाहिरिएको हो ।

आज परीक्षा अगावै धनुषामा प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको छ । शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्माले प्रश्नपत्र बाहिरिएएपछि आजको परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो । आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको छ ।

विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र बाहिरिएपछि हिजो मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन सामाजिक अध्ययनको प्रश्नपत्र फेसकुबमा देखिएको थियो ।

परीक्षा रद्द भएपछि विद्यार्थीलाई समस्या भएको छ । राज्यलाई समेत करौडौंको व्ययभार थपिएको छ । प्रदेश २ मा ७० हजार पाँच सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ । बोर्डले अनिवार्य समाजिक विषयको नियमिततर्फको परीक्षाको प्रश्नपत्र हिजो बिहीबार नै बाहिरिएपछि आजको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश न. २ मा सञ्चालित समाजिक विषयको परीक्षा स्थागित गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत सञ्चालन हुने उहाँले बताउनुभयो ।

परीक्षा शुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया