Nepali date


शनिबार, बैशाख ७, २०७६

जापानबाट आफ्नो जन्मभुमिलाई एम्बुलेन्स हस्तान्तरण

मुक्ती सुबेदी,स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका २ का दम्पतीले गाँउपालिकालाई एम्वुलेन्स उपहार प्रदान गर्नुभएको छ । २४ बर्षदेखि जापानमा बस्दै आउनुभएका सुकबहादुर केसी र हिरा केसीले गाँउपालिकालाई एम्वुलेन्स उपहार प्रदान गर्नुभएको हो ।
दम्पती केसीले एक समारोह विच गाँउपालिका प्रमुख दिर्घनारायण अर्याललाई साँचो हस्तान्तरण गर्नुभएको छ । एम्वुलेन्स नहुँदा ग्रामिण क्षेत्रका बासिन्दालाई आकास्मीक सेवाको उपचारमा कठिनाई भएको महशुष गरि एम्वुलेन्स प्रदान गरेको सुकबहादुर केसीले बताउनुभयो ।

दम्पतीले गाँउपालिकालाई एम्वुलेन्स प्रदान गरेर ठुलो सहयोग गरेको गाँउपालिका प्रमुख दिर्घनारायण अर्यालले बताउनुभयो । यो अब गाँउपालिकाको सम्पति हुने छ गाँउपालिका प्रमुख अर्यालले भन्नुभयो,“यसको सदुपयोग सँगै गाँउपालिका वासीलाई २४ सै घण्टा सेवा दिने छ ।” गाँउपालिकाले नै एम्वुलेन्स सेवा प्रदान गर्नुपर्नेमा केसी दम्पतीले गरेको यो सहयोग गाँउपालिका वासीका लागि ठुलो श्रेय रहेको अर्यालको भनाई छ । स्याङ्जा समाज जापानका सल्लाहकार समेत रहेका सुक बहादुर केसीले प्रत्यक पटक नेपाल आउँदा सामाजीक कामहरु गर्दै जापान फर्कने गरेका छन् ।

करिव १२ लाख बराबरको एम्वुलेन्स केसी दम्पतीले गाँउपालिकालाई हस्तान्तरण गर्नुभएको हो । यसले गाँउपालिकाका ६ ओटै वडाबासीलाई सेवा दिने र एम्वुलेन्स गाँउपालिकाले नै संचालन गर्ने गाँउपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का अध्यक्ष खेमनारायण खनालले बताउनुभयो । एम्वुलेन्स हस्तान्तरण समारोहको संचालन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङ्ले गर्नुभएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया