बुधबार, बैशाख १६, २०८३

बुटवलमा गोली चल्दा एकजनाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलमा गए राती गोली चलेको छ ।

बुटवल उपमहानगरपालिका १ मैनावगरको गढीटोलमा गोली चल्दा ४५ वर्षीय फिरोज खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खान मैनाबगरको अटो भिजेजका अटोमेकानिक्स थिए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार खानको छातीमा गोली लागेको थियो ।

उपचारका लागि लुम्बिनी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । गोली प्रहारको कारण नखुलेको प्रहरीले जनाएको छ । मृतक खान भारतीय नागरिक भएको जनाइएको छ ।