Nepali date


शुक्रबार, फाल्गुन १६, २०७६

नेपाली कामदार लैजान जापानले नेपालसँग सम्झौता गर्दै, यसरी लगिने छ जापान

काठमाडौ । जापान र नेपाल बिच आज श्रमसमझादारी हुँदैछ । जापनमा नेपाली कामदार लैजानको लागि गर्न लागिएको श्रम समझदारीलाई दुई देशबीच सहकार्य गर्ने समझादारीको नाम दिईएको छ ।

जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीचको समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो ।

निमित्त श्रमसचिव र नेपालका लागि जापानी राजदुतले समझादारी पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको छ । समझदारी अनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् ।

जापानले आउँदो अप्रिल एक देखि नेपालसहित नौ देशबाट विदशी कामदार आफ्नो देश लाने निणर्य यसअघि नै गरिसकेको छ ।

श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार सम्झौता भएपछि आउँदो एप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरेको बताइन्छ ।

त्यसका लागि उसले नेपालबाहेक चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मार आदि देशहरूसँग कुराकानी गरेको विवरण जापानी सञ्चारमाध्यममा प्रकाशित भएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: