काठमाडौ । आधारभुतसँगै स्वच्छ खानेपानीको पहुँच सबैमा पु¥याउन सरकारले पानी शुद्धिकरणको योजना पनि सँगसँगै लाने भएको छ ।
सबै नागरिकलाई स्वच्छ र शुद्ध खानेपानीको पहुँचमा पु¥याउन योजना बनाईरहेको खानेपानी मन्त्री बिना मगरले मातृसन्देश डट कमसँग बनाउनु भयो ।
खानेपानी तथा ढल निकास विभागको पछिल्लो प्रतिवेद अनुसार सुरिक्षत खानेपानीको पहुचँ ९३ प्रतिशत जनसंख्यामा छ ।
संविधानले खानेपानी र सरसफाईलाई नागिरकको आधारभुत हकको रुपमा प्रत्याभुत गरे पनि स्वच्छ पानी आपूर्तिका लागि भएका प्रयासमा नागरिक भने पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् ।
दिगो विकास लक्ष्य प्राप्तीका लागि राष्ट्रिय योजना आयोगले सन् २०१५ मा तयार पारेको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा स्वच्छ खानेपानीमा पहुँच भएको जनसंख्या ९९ प्रतिशत पु¥याउने भनिएको छ ।

