शनिबार, बैशाख ०८, २०८१

एनआरएनले आठौं राष्ट्रिय खेलकुदमा ९ देशबाट ९ खेलमा सहभागिता जनाउने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले पहिलो पटक आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने भएको छ । यही चैत्र अन्तिम सातादेखि नेपालगञ्जमा हुने खेलमा विदेशमा बस्ने नौ देशका २४ खेलाडीले ९ वटा खेलमा सहभागिता जनाउन लागेका हुन् ।

विभिन्न कारणले विदेशीएका नेपाली खेलाडीलाई पुनः नेपालसँग जोड्नका लागि राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरी पहिलो पटक सहभागिता जनाउन लागिएको जानकारी एनआरएनका अध्यक्ष भवन भट्टले राजधानीमा आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

राष्ट्रिय खेलकुदमा अव ७ प्रदेश, तीन विभागिय टोलिसँगै गैरआवासीय नेपाली खेलाडीले सहभागिता जनाउने छन् । ‘इतिहाँसमा नै पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले गैरआवासीय नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो’ संघका अध्यक्ष भट्टले भने–‘विदेशमा धेरै नेपाली खेलाडीहरु रहेका छन्, उनीहरुलाई फेरि नेपाल जोड्ने काम खेलकुदले गर्दछ ।’ विदेशमा रहेका नेपालीहरुले त्यहाँको आधुनिकतासँगै केही बढि अनुभव लिने अवसर पाएको अध्यक्ष भट्टको भनाई छ । एनआरएनए खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिण्टन, लङटेनिस, टेवल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेल्नेछन् जसका लागि अमेरिका, यूएई, अषटेलिया , मकाउ, जापान र हङकङदेखि नेपाल आउने संघका महासचिव डा। बद्री केसीले जानकारी दिए ।

एनआरएनका हरेक देशका कार्यसमितिले युवा तथा खेलकुद समिति बनाएर विदेशमा खेलकुदको विकासमा काम गरिरहेको छ । यसरी राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपालीहरुको पुनरागमनले केही राम्रो सन्देश दिने आम नेपालीको बुझाई छ । आइतवार एनआरएन मुख्यालयमा भएको पत्रकार सम्मेलनमा एनआरएन आइसीसी सदस्य मनोज गोर्खाली, मुकेश बरुवाल, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने,रास्ट्रीय खेलकुद परिषदका सदस्य एकेन्द्र कुवरलगायत एनआरएनए खेलाडीहरुको उलेख्य उपस्थिति रहेको थियो ।
एनआरएनए खेलाडीहरुलाई खेलमा सहभागिता जनाईएपछी एनआरएन खेलाडीहरु थप उत्साहित भएका छन् उनीहरुले मेडल जित्नेमा एनआरएनए बिस्वस्त रहेको छ ।