बुधबार, बैशाख १६, २०८३

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बोलाइएको बैठकमा विविन्न विधेयकहरु पेश हुनेछन् ।

यसअघि पेश भएका विधेयकमाथि पनि आज छलफल हुनेछ । आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । राष्ट्रियसभाको बैठकमा मुख्य तीनवटा कार्यसूची रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विज्ञापन विधेयक पेश गर्नुहुनेछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले भूउपयोग विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।