Nepali date


शुक्रबार, भदौ ६, २०७६

घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय दङ्ग

अछाम । ‘गाउँमा सिंहदरबार, घरदैलोमा सरकार’ भन्ने चर्चा स्थानीय चुनावका बेला निकै भएको थियो । अहिले त्यसको अनुभव गरियो त ? नागरिको जवाफमा सन्तुष्टि देखिदैन ।

तर अछामको चौरपाटी गाउँपालिकाका नागरिकले सामाजिक सुरक्षाभत्तामा सरकार पाएको महसुस गरेका छन् । चौरपाटी गाउँपालिका वडा नं.४ पायलका ७६ बर्षका मन्सरा कुँवर चुनावका बेला जस्तै आँगनमा नेतासहितको टोली देखेपछि एकछिन् त छक्क पर्नुभयो । जब कर्मचारीले फारम भराएर जेष्ठ नागरिक भत्ता हातमा थमाए उहाँ खुशी हुनुभयो ।

कुँवर मात्रै होइन स्थानीय ८० बर्षका खन्टे भूलले पनि जनप्रतिनिधिले घरमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि खुसी व्यक्त गर्नुभयो । ‘लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपथ्र्यो । अब गाउँमै पाइन थाल्यो हामीलाई घरमै सरकार आए जस्तो भयो ।’

सामाजिक सुरक्षा भत्ता बुझ्न सकी नसकी वडा कार्यालय पुग्नुपर्ने बाध्यतामा रहेका जेष्ठ नागरिक भन्छन् । वडा कार्यालयसम्म पुग्न दुईदेखि तीन घण्टा लाग्ने ठाउँमा ठूलो राहात मिलेको छ ।

निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धता अनुसार नै धेरै सेवालाई घरदैलोमा पु¥याउन खोजेको गाउँपालिकाका अध्यक्ष हर्कवबहादुर साउदको भनाइ छ । सामाजिक सुरक्षाका सबै भत्ता घरमै पु¥याएको गाउँपालिकाले लक्षित समुहको बजेटलाई पनि घर घरमै पुगेर जानकारी दिने तयारी गरेको छ ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया