काठमाडौ । जापानसँग श्रम समझदारीमा हस्ताक्षर गर्न सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसँगै मन्त्रालयले आफ्नो कामलाई तिव्रता दिएको छ ।
चैत ४ गते सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम समझदारीमा हस्ताक्षर गर्ने अख्तियारी दिएपछि मन्त्रालयले कामलाई तिव्रता दिएको मन्त्रालयका सहसचिव एवम् रोजगार व्यवस्थापन तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले मातृसन्देश डट कमलाई जानकारी दिनुभयो ।

