बुधबार, बैशाख १६, २०८३

विप्लवका प्रभावशाली नेता हेमन्तप्रकाश ओली सहित ९ कार्यकर्ता पक्राउ

काठमाडौं । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन्।

नख्खु बम विस्फोटका प्रमुख योजनाकार समेत मानिएका नेकपाका मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्।

ओलीसँगै अन्य ८ जना कार्यकर्ता पक्राउ परेको स्रोतले जनाएको छ। पक्राउ पर्नेहरुमा शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का रहेका छन्। ओली विप्लवका पहिलो विश्वास पात्र मानिन्छन्।