बुधबार, बैशाख १६, २०८३

प्रदेशको नामाकरण र राजधानीको विषयमा कुनै समस्या छैनः मुख्यमन्त्री पौडेल

काठमाडौ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम तोक्न कुनै समस्या नरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले यही २७ गतेबाट प्रदेश सभा बस्ने र यो अधिबेशनबाट नै प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंगो लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही प्राविधिक विषयहरु थियो त्यो सबै समस्याको हल भइसक्यो ।’ प्रदेश नम्बर ३ सँगै प्रदेश नम्बर १, २ र ५ पनि नामाकरण र राजधानीको विषय टुंगो लगाउन सकेका छैनन् ।