शुक्रबार, बैशाख ०७, २०८१

छाउपडी प्रथा विरुद्ध कतैपनि उजुरी नपरेको प्रतिवेदन

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले छाउपडी प्रथाविरुद्ध कतैपनि उजुरी नपरेको जनाएको छ ।

हिजो काठमाडौंमा छाउपडी सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कुनैपनि जिल्ला प्रहरी कार्यालयमा छाउपडी प्रथाविरुद्ध उजुरी नपरेको जनाएको हो ।

प्रतिवेदनमा १३ वर्षमा छाउगोठमा बस्नेक्रममा १३ महिलाको मृत्यु भएको उल्लेख छ । आयोगका अध्यक्ष अनुपराज शर्माले मानिसमा चेतनाको स्तर वृद्धि नभएसम्म कानुनलेमात्र छाउपडी प्रथाको अन्त्य मुस्किल हुने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा छाउपडी प्रथाले जरा गाडेकाले त्यसको अन्त्य सहज नभएको बताउनुभयो ।