बुधबार, बैशाख १६, २०८३

दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिना सर्यो,अब में ५ मा हुने

टोकियो । गत वर्षवाट जापानमा हुदै आएको दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिना सरेको छ ।
दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिना सरेर में ५ मा हुने भएको हो ।
मिस जापान नेपाल सोसाइटी गठन गरेर आयोजना हुन लागेको दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिना में ५ मा हुने आयोजक समितिका सदस्य दिनेश गुरुनले मातृ सन्देशलाई जानकारी दिनुभयो ।
शिन्जोउ कर्पोरेशनले सुरु गरेको प्रतियोगिताको फर्म फेब्रुवरी १५ तारिखबाट खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसका साथै मिस जापान नेपाल फिनालेमा निर्णायकको रुपमा मिस नेपाल सहित हिडेन ट्रेजरका निर्देशकको समेत सहभागीता रहने भएको जनाएको छ ।
ग्राण्ड फिनाले आगामी अप्रिल महिनाको ७ तारिख भनेको थियो तर समय अभावले में ५ मा हुने र फिनालेमा निर्णायकको रुपमा मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा सहित दि हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती आउने हुनुभएको छ ।
बिजेतालाई क्राउन, नगद र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अवसर मिस जापान नेपाल बिजेता सहित फस्ट रनरअप र सेकेण्ड रनरअपहरुले नगद पुरस्कार सहित क्राउन एवं सम्मानपत्र पाउने जनाएको छ ।

कार्यक्रमका संयोजक रहनुभएका निराजन गैरेका अनुसार तीन शिर्ष टाईटल सहित यसपटक अन्य १५ विषयका प्रतिभाहरुलाई समेत पुरस्कृत गरिने भएको छ ।