बुधबार, बैशाख १६, २०८३

बेथानचोकका किसानले शुरु गरे स्याउ खेती

काभ्रे । महाभारत क्षेत्रको भूभागमा अवस्थित बेथानचोक गाउँपालिकाका किसानले स्याउ खेती शुरु गरेका छन् ।

गाउँपालिकाले किसानका लागि ६ सय गोल्डेन र रोयल जातका स्याउका बिरुवा वितरण गरेको छ । विरुवा बितरण गर्दै बेथानचोक ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले अध्ययनसहित स्याउ खेती शुरु गरिएको जानकारी दिनुभयो ।

अर्को वर्षबाट स्याउ खेतीलाई थप विस्तार गरिने उहाँको भनाइ छ । बेथानचोक गाउँपालिकाको बजेटबाट स्वीकृत रकमले किसानका लागि स्याउको विरुवा खरिद गरिएको हो । विशेषज्ञले विभिन्न जातका स्याउको खेती गर्न सकिने निष्कर्ष दिएसँगै किसानले स्याउ खेती सुरु गरेका हुन् ।