बुधबार, बैशाख १६, २०८३

बेरोजगार युवाको तथ्यांक संकलन शुरु, यसरी समावेश हुनुस् तथ्याङ्कमा

काठमाडौ । सरकारले मूलुकभर एकैसाथ बेरोजगार युवाको तथ्यांक संकलन सुरु गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यविधि अनुसार सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न सरकारले निर्देशन समेत दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत् सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले रोजगार संयोजक नतोकिएका स्थानीय तहमा भने स्थानीय तहले आफैँ एक जना कर्मचारी खटाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिइएको मन्त्रालयको प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका प्रमुख डा.लोकनाथ भुसालले बताउनुभयो ।

सरकारले चारसय ८५ स्थानीय तहमा बेरोजगारको विवरण सङ्कलन गर्न रोजगार संयोजक खटाइसकेको र बाँकी स्थानीय तहमा रोजगार संयोजक तोक्ने कार्य अगाडि बढाएको जनाएको छ ।