बुधबार, बैशाख १६, २०८३

नेपाल र भारत आज उपाधीका लागि भिड्दै

काठमाडौ । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबिच आज प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको शहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु मैदानमा उपाधी रक्षा गर्न चाहन्छ ।

सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग पराजय व्यहोरेको नेपाल पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसंगै पराजित भएको थियो ।

महिला फुटबलमा दुवै टोली १० पटक भिडिसकेका छन् । खेलिएका १० खेलमा ७ खेल भारतले जितेको छ । दुई खेल बराबरीमा सकिएको छ भने पछिल्लो एक खेल नेपालले जितेको छ ।