काठमाडौ । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई मैत्रीपुर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जित निकाल्ने दावी गर्नुभएको छ । नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
त्यस्तै घरेलु टोली कुवेत पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीले आगामी मंगलबार दोस्रो खेल खेल्नेछ ।

