बुधबार, बैशाख १९, २०८१

मार्तडीमा कोदो रेष्टुरेन्ट सञ्चालन

बाजुरा । बाजुराको मार्तडीमा कोदो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । स्थानीय रैथाने बालीका रुपमा रहेको कोदोको प्रवद्र्धनका लागि जिल्लामा कोदो रेष्टुरेन्ट सञ्चालन गरिएको हो ।

हाँसी खुसी बार्जु प्रालिले मार्तडीमा पहिलो कोदो रेष्टुरन्ट सञ्चालन गरेको हो । रेष्टुरेन्ट होली पर्वको अवसर पारी उद्घाटन गरिएको छ । कोदोबाट बन्ने दुई दर्जन बढी परिकार उपलब्ध गराउने लक्ष्य सहित रेस्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक लालबहादुर ओलीले बताउनुभयो ।

पछिल्लो समय कोदोको परिकार मन पराउनेहरु बढेका छन् । स्थानीय स्तरमा प्रर्याप्त मात्रामा उपलब्ध हुने र स्वास्थ्यका लागि पनि उपयुक्त भएकोले कोदो रेष्टुरेन्ट सञ्चालन गरिएको ओलीले बताउनुभयो ।