बिहिबार, असार ०४, २०८३

पृथ्वीको वायुमण्डलमा एउटा ठूलो उल्का विस्फोट

न्युयोर्क । पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको नासाले जनाएको छ ।

त्यो विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो रहेको बताइएको छ ।

तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन ।

अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको उर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो । नासाका ग्रह प्रतिरक्षा अधिकारी लिन्डले जनसनले बीबीसी न्यूजलाई भनेका छन, यति ठूलो आकारको उल्का विस्फोट प्रत्येक १ सय वर्षमा दुई वा तीनपटक मात्र हुने अनुमान गरिन्छ ।