ललितपुर । नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको भेला मंगलबार राजधानीमा सम्पन्न भएको छ।
बैठकमा नुवाकोटका जगदिश्वरनरसिंह केसी, खोटाङका नरेशकुमार श्रेष्ठ, काठमाडौंका कृष्ण सबुज बानियाँलगायत ११ जिल्लाका सभापतिको उपस्थिति भएको जनाइएको छ।
बैठकले आगामी चैत २० देखि २५ सम्म काठमाडौंमा सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । दुई अथवा तीन दिनसम्म देशभरका सभापतिको भेला गर्ने नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । कांग्रेसले बहुमतबाट महासमिति बैठकको म्याण्डेड विपरित विधान अनुमोदन गरेपछि अधिकांश जिल्ला सभापतिहरु असन्तुष्ट छन्।
उनीहरुले महासमिति बैठकमा विधानमा भएको स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने केन्द्रीय नेताहरुको प्रावधान हटाउनुपर्ने र समानुपातितर्फ एक पटकभन्दा बढी अवसर दिन नहुने माग राखेका थिए ।
ती मागहरुलाई सभापति र वरिष्ठ नेताले सम्बोधनल गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर फागनु १२ गते बसको बैठकबाट सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय तहका नेताहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने विद्यमान व्यवस्थालाई यथावत राख्दै विधान अनुमोदन गरेका थिए ।
संस्थापन पक्षले बहुमतले विधान अनुमोदन गरेपछि संस्थापन इतर समूहले नोट अफ डिसेन्ट लेखेको थियो ।

