बुधबार, बैशाख १६, २०८३

टोकियोमा हुने स्वास्थ्य शिविरको तयारी पुरा,सहभागिताको लागी पुन:आग्रह

टोकियो । जापानको राजधानी टोकियोमा निःशुल्क स्वास्थ्य जॉच तथा परामर्श शिविर हुने भएको छ ।

टोकियो महानगरपालिकाको प्राबिंधिक सहयोग एनआरएनए जापान र एनवियको बिशेष सहयोगमा आसाको आयोजनामा हुन लागेको यो शिविर ओगिकुवोस्थित एभरेष्ट ईन्टरनेशनल स्कुल टोकियोमा हुने छ ।

शिविरको लागि पुर्ण रुपले तयारी पुरा भएको एनआरएन जापानका महासचिव बुद्धि राज घिमिरे जानकारी दिनु भयो।शिविर यहि मार्चको २१ तारिक बिहिबार बिहान १० बजे बाट बेलुकी ५ बजे सम्म हुने सहयोगि संस्थाको तर्फ बाट एनआरएनए जापानकी महिला सदस्य सृजना ज्ञवालीले बताउनु भयो ।
नेपाली तथा जापानि चिकित्सकहरुको संलग्नतामा हुन गैरहेको स्वास्थ्य शिविरमा बिरामीको रोगको अवस्था हेरेर छातिको एक्स रे, इसिजी मुटुको भिडियो एक्स रे,मधुमेह रोगको जाँच र दन्त परिक्षण सेवा नि:शुल्क उपलब्ध हुने आयोजकको तर्फ बाट डा.बिजय ज्ञवालीले जानकारी दिनु भयो ।
महिला सम्बन्धित रोगको लागि शिबिरमा एकजना नेपाली महिला चिकित्सक पनि सेवा दिनुहुने ,साथै आवश्यकता अनुसार बिरामीलाई निसुल्क रिफर पत्र उपलब्ध गराइने संयोजक डा.प्रकाश शाक्यले जानकारी दिनु भयो संगै सेवामा (Sandeep Shakya,Prakash Shakya,Bijay Gyawali,Lushun Chalise,Suman Shrestha,Pratisha Shakya,Supriya Shakya,Divya Bhandari ,Aliza KC,Takashi Sawada,Tomita Shigeru ,Makoto Aoki)रहनु हुने छ।
शिविरमा आवस्यक सेवा लिन र लिन जान आआफ्नो तर्फबाट सहयोग गरिदिन एनआरएनए जापानका अध्यक्ष टाशी वाङदी लामाले अनुरोध गर्नु भएको छ ।