शुक्रबार, चैत १६, २०८०

जापानका मुख्य रेलसेवा कम्पनीले सेवा अवधी २ घण्टा लम्बाउने

टोकियो । जापानमा २०२० मा हुन लागेलो ओलम्पिकलाई मुख्य नजर गरी जापानका रेलसेवा प्रदायक कम्पनीहरुले सेवा अवधी २ घण्टा लम्बाउने भएका छन् ।

टोकियोमा यतिखेर , अर्को वर्ष हुने ओलम्पिकको तयारी युद्दस्तरमा भईरहेको छ ।यसैक्रममा, टोकियोका मूख्य रेलसेवा कम्पनीहरुले आफ्नो रात्रीकालिन सेवा साविक भन्दा २ घण्टासम्म लम्बाई ओलम्पिकका विभिन्न खेलहरुमा सहभागी जनाउने खेलप्रेमीहरुलाई सहयोग गर्ने बताईएको छ । टोकियो ओलम्पिक आयोजक कमिटीका कार्यकारी अधिकृत तोसिरो मुतोका अनुसार टोकियो महानगरभित्रका प्रमुख रेलसेवा कम्पनी यामानोते लगायतले सो निर्णय गरेका हुन् । यो निर्णयअनुसार ओलम्पिकको समयमा यामानोते लाईन रातीको २ बजेसम्म संचालनमा रहनेछ ।
ओलम्पिक गेमहरु राती ढिलासम्म हुनेहुँदा खेलप्रेमीहरुलाई घर/होटल फर्किन समस्या नहोस भनेर यस्तो तयारी गरिएको बताईएको छ