काठमाडौ । मन्त्रीका सचिवालयदेखि सरकार मातहतका निकायलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउँदा सरकारले हरेक वर्ष अरबौंको भार व्यहोर्नुपरेको छ ।
उच्चस्तरीय प्रशासन सुधार आयोगले मन्त्रालयको सङ्ख्या, मन्त्रीको सचिवालय व्यवस्थापन र विभागको सङ्ख्या घटाउन सुझाव दिएको भएपनि पूर्ण रूपमा पालन हुन सकेको छैन ।
युवा तथा खेलकुद् मन्त्री जगत विश्वकर्माले भने मातृसन्देश डट कमसँगको कुराकानीमा आफू मन्त्रालयमा आएको एक वर्षमा राजनीतिक नियुक्ति रोकेको दावी गर्नुभयो ।
खेलकुद् परिषद्लाई भर्ती केन्द्रका रूपमा विगतमा प्रयोग गरिएको भएपनि आफ्नो बितेको एक वर्षे कालकालमा पूरै रोकेको उहाँको दावी छ ।

