बुधबार, बैशाख १६, २०८३

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैटकमा केन्द्रीय निर्वाचन समितिको गठनका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

हिजो मध्यान्ह् १२ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेपछि मात्र सुरु भएको थियो । हिजोको बैठकले पार्टीको अनुशासन समिति गठन गर्नेमा सहमति गरेको थियो ।

बैठकले केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमा रहने २ जना सदस्यको टुङ्गो पनि आजको बैठकले लगाउनेछ ।