कपिलवस्तुका सामुदायिक विद्यालयमा बौद्ध शिक्षा लागू हुने

कपिलवस्तु । कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्र देखिm सामुदायिक विद्यालयहरुमा बौद्ध शिक्षा लागू गरिने भएको छ ।

गौतम बुद्धको जन्मथलो कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभुत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तु सम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गरिन लािगएको हो ।

गौतम वुद्धसँग सम्वन्धीत ऐतिहासिक, पुरातात्विक र महत्वपुर्ण स्थान रहेकाले विद्यालयमा बौद्ध शिक्षालाई निश्चत पाठ्यभार तोकेर अगाडि लैजाने योजना अघि बढेको शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तुका ईकाइ प्रमुख बाबुराम भट्राईले जानकारी दिनुभयो ।

विषय विज्ञ सहित ८ सदस्यीय समितिको हिजोे यहि शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुनेगरी पाठ्यक्रम अन्तिम प्रारुप तयार गरी स्वीकृत गरेको छ । पाठ्यक्रमको विषयवस्तु छनौट सँगै सबै स्थानिय तहका प्रमुख उपप्रमुख र त्यस सँग सहकार्य तथा समन्वय गर्ने बताईएको छ ।

बुद्ध शिक्षा सबन्धी पाठ्यक्रम र पाठयपुस्तक तयार पार्न डम्मर शर्माको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरिएको हो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया