पर्वत । पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा सञ्चालन भएको स्वास्थ्य शिविर मा १७ सय ६६ जनाले स्वास्थ्य उपचार गराएका छन् ।
फलेवास नगरपालिकाको आयोजना र चितवन मेडिकल कलेजको सहयोगमा स्वास्थ्य उपचार सेवा प्रदान गरिएको हो । बृहत शिविरमा हाडजोर्नी, मुटुरोग, स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी लगाएतका समस्या भएका बिरामीलाई स्वास्थ्य उपचार गरिएको नगरपालिकाले जनाएको छ ।
शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रध्यापक डाक्टर श्याम रेग्मी सहित ३५ जना डाक्टरहरुले स्वास्थ्य सेवा दिएका थिए ।

