बिहिबार, बैशाख १७, २०८३

प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीमा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरी जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज दिनभर कृषि बजारको उद्घाटन देखि बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले अपरान्ह बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्नुहुनेछ ।