बिहिबार, बैशाख १७, २०८३

जापानको फुकुओकामा नि:शुल्क स्वास्थ्य शिविर हुने,अग्रिम नाम टिपाउन आग्रह

जापान । नेपाल फेस्टिवल २०१९ मा नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबद्वारा दोश्रो निःशुल्क स्वास्थ्य जॉच तथा परामर्श शिविर हुने भएको छ ।

फुकुओका इस्टिच्युट अफ ओकुपेसन हेल्थको प्राबिधिकको बिशेष सहयोगमा हुन लागेको सो शिविर नेपाल फेस्टिवल हुने स्थान फुकुओकाको तेन्जिन सेन्टर पार्कमा हुने भएके हो ।
शिविर यहि आउदो अप्रिल ६ तारिख शनिबार १२ बजे बाट बेलुकी ४ बजे सम्म हुने नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका सचिब सुर्य कुँवरले बताउनु भयो ।

जापानी चिकित्सकहरुको संलग्नतामा हुन गैरहेको स्वास्थ्य शिविरमा शरिरको उचाई तथा तौल , रक्ताचाप सम्बन्धि परिक्षण र स्वास्थ्य परामर्स नि:शुल्क उपलब्ध हुने जनाएको छ
साथै आवश्यकता अनुसार बिरामीलाई नि:शुल्क रिफर पत्र उपलब्ध गराइने र आफ्नो स्वास्थ्य सम्बन्धि कुनै समस्या भए उक्त दिन सहभागी भई स्वास्थ्य जाँच गरि स्वस्थ रहन र त्यो दिन भिड हुन सक्ने हुनाले अग्रिम नाम टिपाउनको लागि सम्पूर्ण फुकुओकाबासी नेपालिहरु लाई संस्थाका अध्यक्ष लायन्स अर्जुन थापाले अनुरोध गर्नु भएको छ ।