शनिबार, बैशाख ०८, २०८१

महिला साफ च्याम्पियनसिप : बंगलोदशलाई पराजित गर्दै नेपाल बन्यो समुह विजेता

काठमाडौँ । बंगलादेशलाई हराउदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको समुह विजेता बनेको छ । यो खेल अघि नै सेमिफाइनल पुगिसकेको नेपालले समुह विजेताका लागि बंगलादेशलाई हराउनुपर्ने थियो ।

सहिद रंगशाला विराटनगरमा शनिबार भएको खेलमा बंगलादेशलाई एक पक्षिय खेलमा ३–० ले हराउँदै नेपाल समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक÷एक गोल गरे भने अर्को एक गोल नेपालले आत्मघाति रुपमा उपहार पाएको थियो ।

सुरुवातबाटै आक्रमक देखिएको नेपालले तीनवटै गोल पहिलो हाफमा ग¥यो । नेपालले गरेको दुवै गोलमा फरवार्ड सावित्रा निर्णायक देखिईन् । उनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरि दिईन् । नेपालले अग्रता भने आत्मघाति गोलबाट लिएको थियो । छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनायो ।

२३ औ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । मैदानको बाँया भागबाट एक्लै बल अघि बढाउँदै गोलकिपरलाई समेत विट गरेर सावित्रा गोल गर्न सफल भईन् । निरन्तर आक्रमण बुनेको नेपालले २८ औ मिनेटमा ३–० को अग्रता लियो । सावित्राको लामो पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पु¥याएकी थिईन् ।
यसअघि नेपालले भुटानलाई पनि समान ३–० गोल अन्तरले पराजित गरेको थियो ।