Nepali date


बिहिबार, मंसिर २६, २०७६

परदेशी गायक सूर्य खड्काको’अभागी’बजारमा(भिडियो..)

टोकियो । जापानमा रहेका लोकप्रिय गायक सूर्य खड्का अभागी बजारमा आएको छ ।
परदेशी गायकले चिनिने खड़का र गायिका सिता श्रेष्ठको आवाज रहेको निकै उत्कृष्ट गीत अभागी भर्खर मात्र सार्वजनिक भएको हो ।

उत्कृष्ट गीत सिर्जना गर्न माहिर मानिने शिव अखेलीको मुटुनै छुने शब्द सिर्जना रहेको सो गीतमा गायक सुर्य खड्ककै लय सिर्जना रहेको छ ।
शिव अखेलीले सिर्जना गरेका उत्कृष्ट गीतको सुचिमा एउटा अर्को गीत समेत थपिएको छ । जीवनसँग हारेका मायालु जोडीहरुको कथालाई गीतले अत्यन्तै उत्कृष्ट रुपमा उठाएको छ ।

गीतको म्युजिक भिडियोको पक्ष समेत त्यतिनै उत्कृष्ट रहेको छ । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने साया भण्डारी र प्रविण कँडेलको दमदार अभिनय रहेको छ

फेसबुकबाट तपाइको प्रतिक्रिया