बिहिबार, बैशाख १७, २०८३

चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब १५ अर्ब रूपैयाँ रेमिट्यान्स

काठमाडौ । चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब १५ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सात महिनाको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरमा १६ प्रतिशतले रेमिट्यान्स बढेको हो ।

अमेरिकी डलरसँग नेपाली मूल्यको अवमूल्यनको कारण नेपाली मुद्रामा हिसाब गर्दा रेमिट्यान्सको वृद्धिदर झण्डै २७ प्रतिशत छ । सात महिनामा मुलुकको शोधनान्तर स्थिति भने आधा खर्ब घाटा रहेको पाइएको छ ।

सात महिनाको अवधिमा आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ । विदेशी मुद्रा सञ्चिति आर्थिक वर्षको सुरुवातामा १० अर्ब ८ करोड रहेकोमा माघ मसान्तमा ९ अर्ब ४९ करोड रूपैयाँ रहेको छ ।