काठमाडौ । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ ।
प्रतिबिन्धित विप्लव समूहले आज गरेको नेपाल बन्दको घोषणाको प्रभाव सामान्य देखिएको हो । काठमाडौंमा बिहानैदेखि फाट्टफुट् गाडी चलेका छन् । तर विप्लवको बन्द आह्वानका कारण अधिकांश निजी विद्यालयहरुले आज बिदा दिएका छन् ।
राजधानीबाट बाहिरी जिल्लामा चल्ने अधिकांश रात्रिकालीन बसले हिजो टिकट काट्न नमानेका यात्रुहरुको गुनासो छ ।
तर नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने र बन्दलाई असफल पार्ने बताएको छ । प्रहरीले विप्लवको बन्ददेखि नडराउन पनि सर्वसाधरणलाई अनुरोध गरेको छ ।