बिहिबार, बैशाख १७, २०८३

‘फेसबुक’मा समस्या देखियो, समाधानको प्रयास जारी

काठमाडौ ।  सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या देखिएको छ । गएरातिदेखि फेसबुकसहित अरु सामाजिक सञ्जालमा पनि समस्या देखिएको छ ।

फेसबुक नखुल्ने, खुलेमा पनि अपलोड गर्न नमिल्ने समस्या देखिएको छ । विश्वका विभिन्न भागमा समस्या आएको फेसबुकले ट्वीट गरेर जानकारी दिएको हो ।

फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको जनाउँदै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको प्रष्ट पारेको छ ।