भिर्कु टोल छाउपडी गोठमुक्त घोषणा

अछाम । साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानको भिर्कु टोललाई छाउपडी गोठमुक्त टोल घोषणा गरिएको छ ।

महिलाहरुको सक्रियतामा टोलका सबै छाउगोठ भत्काए पछि छाउगोठ मुक्त टोल घोषणा गरिएको जनाइएको हो । टोलमा ४० घरधुरी भएको र अहिले महिनावारी हँुदा सबै आफ्नै घरमा बस्ने गरेका स्थानीयको भनाइ छ ।

महिलाहरुको निरन्तर प्रयासले मात्रै यो सम्भव भएको मनकामना सचेतना केन्द्रका अध्यक्ष रतन देवी बोहराले बताउनुभयो । अछाममा छाउपडी गोठमा १३ जना महिलाले ज्यान गुमाएका छन् ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया