Nepali date


सोमवार, चैत्र ४, २०७५

अन्तर्राष्ट्रिय जूनियर कोपा फुटबल खेल्नका लागि नेपाली खेलाडी जापान आउँदै

टोकियो । अन्तराष्ट्रिय जूनियर कोपा पुमा टोरेरस फुटबल खेल्नका लागि नेपाली जुनियर खेलाडीहरु जापान आउने भएका छन् ।

विगत १० वर्ष देखि हुँदै आएको यस प्रतियोगितामा नेपालले तीन पटक सहभागीता जनाईसकेको छ । यो १२ वर्ष मुनिका किशोर खेलाडीहरुको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो ।

यहि मार्च २९ देखि तीन दिनसम्म हुने सो अन्तर्राष्ट्रिय जुनियर कोपा पुमा टोरेरोस फुटवल प्रतियोगितामा भाग लिन नेपाली खेलाडीहरु यस वर्ष पनि जापान आउने भएका हुन् । १२ जना खेलाडीसहित १ प्रशिक्षक , १ म्यानेजर र १ संचारकर्मीसहित १५ जनाको टोली यहि मार्च २६ तारिख टोकियो आईपुग्ने भएका छन् । यस वर्ष पनि नेपाली जुनियर फुटबल खेलाडीहरुलाई जापानमा सहभागिता गराउने ब्यवस्था एनपिओ ( गैर नाफा मुलक संस्था) नेपाल युथ सकर प्रोजेक्ट नामक गैर सरकारी संस्थाले गरेको हो । सो संस्थाका अध्यक्ष तथा यस कार्यमा, निरन्तर लागि परिरहेका बसन्त गौचनका अनुसार नेपालबाट आमिन्त्रत टोलीको स्वागतमा यहि मार्च २७ तारिख बुधबार साँझ शिन-ओकुवो स्थित टोकियो रोधीघरमा एक डिनरसहितको भेटघाट कार्यक्रम राखिएको छ ।

शिजुओका केनको सुसोनो सिटी , शिमोवादा स्थित तोकिनो सुमिका स्पोर्टस् सेन्टरमा हुने प्रतियोगितामा नेपाल लगायत , ब्राजिल , जर्मनी , दक्षिण कोरिया र जापानको जे लिगका ४० टिमको सहभागिता रहने गौचनले जानकारी दिए । नेपालबाट भाग लिन आउने खेलाडीहरुमा सफल थापा (कास्की) , विनय तामाङ मकवानपुर,अलेक्स पौडेल काठमाडौं , विश्वास ओझा काठमाडौं,सरोज दर्लामी रुपन्देही, बिबिर थापा बागलुङ, बिशाल बि .क स्याङ्जा, बिज्ञ गौचन म्याग्दी , समिर गौतम अर्घाखाँची,आर्यन गुरुङ स्याङ्जा ,सुबिन नेपालीकास्कीर प्रकाश तामाङ गोरखा रहेका भने प्रशिक्षक राजेन्द्र तामाङ , म्यानेजरकारुपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ र गोल नेपाल डट कमका पत्रकार विक्रम थापा पनि टोलीमा सम्मिलित हुने छन् ।
सन् २०१६ देखि नेपालका खेलाडीहरुले यस प्रतियोगितामा लगातार भाग लिर्दै आईरहेका छन् । प्रतियोगितामा उत्साहजनक उपस्थिति जनाई खेलाडीहरुको हौसला बढाई दिन पूर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका फुटबल प्रशिक्षक बसन्त गौचनले जापानबासी नेपालीहरुमा अनुरोध गरेका छन् ।
@nepalnewspost

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया