काठमाडौ । सरकारले मुलुकका ५ अस्पतालको स्तरोन्नति गर्दै नाम परिवर्तन गरेको छ । संघीय सरकारअन्र्तगत राखिएका ५ मध्ये ४ वटा अस्पतालको नाम फेरिएको हो ।
प्रदेश २ को वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको नाम अबदेखि नारायणी अस्पताल, प्रदेश १ को मोरङको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालको नाम कोशी अस्पताल, प्रदेश ५ को नेपालगञ्जको बाँके स्थित भेरी अञ्चल अस्पतालको नाम भेरी अस्पताल र सुदुरपश्चिम प्रदेशमा रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पतालको नाम डडेल्धुरा अस्पताल राखिएको छ ।
प्रदेश ३ को चितवनमा रहेको भरतपुर अस्पतालको नाम भने यथावत रहेको छ । स्तरोन्नति गरिएका अस्पतालहरुमा मुटुको शल्यक्रिया, मिर्गौला कलेजो फेर्ने, क्यान्सरजस्ता जटिल रोगको उपचार पनि हुने भएको छ ।

