बिहिबार, बैशाख १७, २०८३

जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

चितवन । चितवनको माडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाईते भएका छन् ।

टाँडीबाट चिरौली जन्ती लिएर आउँदै गरेको बस कसरा नजिक दुर्घटना हुँदा माडी नगरपालिका २ चिरौली बस्ने ३० बर्षका मिथुन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जन्ती लिएर आउँदै गरेको बस आफैं अनियन्त्रित भएर पल्टिएको थियो । चालकले अत्याधिक मादकपदार्थ सेवन गरेकाले बस पल्टिएको बताइएको छ । बसका चालक फरार रहेकाले खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।