बिहिबार, बैशाख १७, २०८३

राजपा रेशम चौधरीको विषयमा कानुनी प्रक्रियामै अघि बढ्ने

काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे विजुलीबजारस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको छ ।

बैठकमा आगामी वैशाखमा हुने भनिएको पार्टीको महाधिवेशन, प्रदेश स्तरीय अन्तरक्रियाबाट निस्केको निष्कर्षलगायतको विषयमा छलफल हुने पार्टी संयोजक महेन्द्र राय यादवले जानकारी दिनुभयो ।

उहाँले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको विषयमा कानुनी प्रक्रियामा नै अघि बढ्ने भन्दै अदालतको फैसलामा कसैको केही नलाग्ने बताउनुभयो ।