बिहिबार, बैशाख ०६, २०८१

नाम र केन्द्र फेर्नेमा ९३ स्थानीय तह

काठमाडौ । देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तजा केन्द्र परिवर्तन गरेका छन्। १७ तहले केन्द्र नचलाई नाम मात्र फेरेका छन्, ५५ तहले नाम यथावत राखी केन्द्र मात्रै सारेका छन्।

२१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन्। २०७३ पुस २२ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७१९ तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, सरकारले पटक पटक थपेर स्थानीय तहको संख्या ७५३ बनाएको थियो। ८७ गाउँपालिका, एक महानगर, एक उपमहानगर र चार नगरपालिकाले परिवर्तनको निर्णय गरेका समाचार छ।

केन्द्र परिवर्तन गर्नेमा भौगोलिक रुपमा विकट मानिएका र विकासका हिसाबले पछाडि परेका स्थानीय तह बढी छन्। केन्द्र सार्नेमा ५५ तहमध्ये ५४ वटा गाउँपालिका छन्। नगरपालिकामा डोल्पाको ठूलीभेरीले मात्रै केन्द्र परिवर्तन गरेको छ।

महानगरपालिका र उपमहानगरपालिकाले नाम फेरका छन्। साबिकको पोखरा–लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरी पोखरा महानगरपालिका बनाएको छ। यस्तै, जनकपुर उपमहानगरपालिकाले आफ्नो नाम जनकपुरधाम बनाएको छ।  नयाँ पत्रिका दैनिकमा खबर छ।