शुक्रबार, बैशाख ०७, २०८१

६ महिनाभित्र काठमाडौंका १४ हजार कुकुरको बन्ध्याकरण गर्ने

काठमाडौ । अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण भइसक्नेछन् । कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो ।

हालसम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको छ । कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्यकरण कार्यक्रम महानगरको २१ वडामा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा. संगीता सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्यकरण गरी सुरु गरिएको कार्यक्रम अबको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्यकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।