शुक्रबार, बैशाख १४, २०८१

नक्कली कागजात पेश गरेको आरोपमा नागोयाबाट दुई नेपाली पक्राऊ

जापान । भिसा नविकरणका लागि नक्कली कागजात पेश गरेको आरोपमा जापानको नागोयाबाट फेरि अर्का दुई नेपाली पक्राऊ परेका छन् ।
नक्कली कागजात पेश गरेको आरोपमा जापानको नागोयाको नेपाली रेस्टुरेन्ट संचालन गर्दै आएका ४४ वर्षिय कृष्ण प्रसाद शर्मा र टोयोटा सिटीमा बस्दै आएका ३७ वर्षिय किरण गुरुङ्लाई पक्राउ गरिएको हो । जापानको सिबीसी टेलिभिजनमा प्रसारित समाचार अनुसार उनीहरुलाई विहिबार पक्राउ गरिएको हो ।

शर्माले गत डिसेम्वर महिनामा पसलमा कामै नगरेका गुरुङ्लाई नक्कली कागजात बनाई १ वर्षे भिसा नबिकरण गराएको आरोप लागेको छ । शर्माले नेपाली रुपैँया छ लाख लिएर सो नक्कली कागजात बनाएको बताईएको छ । त्यस्तै गुरुङ् माथी पनि झुटा विवरण पेश गरी कानुन उल्लघन गरेको आरोप लागेको छ ।
https://youtu.be/916_zFwYyRE