बिहिबार, बैशाख १७, २०८३

बैठक टारेर अन्सारीको बाटो खोल्ने खेल

काठमाडौ । संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकतालगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकाशं सांसदले नचाहँदानचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ ।

नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका १/१ जना गरी १५ सदस्यीय समितिमा कांग्रेस र फोरमका सांसदले बैठक बहिस्कार गरेका छन् भने राजपाका सांसद सभापतिमा छन् ।

यो अवस्थामा अन्सारीलाई अस्वीकृत गर्न नेकपा एक्लैको दुईतिहाइ पुग्दैन । त्यस्तै नेकपाका सांसदहरु यो विषयमा विभाजित भएकाले स्वीकृतिका लागि बहुमत पनि जुट्दैन । अस्वीकृतिका लागि दुईतिहाइ र अनुमोदनका लागि बहुमत समिति सदस्य हुनुपर्ने प्रावधान छ । नागरिक दैनिकमा खबर छ।