काठमाडौ । नेपालको महिला यू–१९ फुटबल टिमले आजबाट अभ्यास खेल खेल्ने भएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज भुटानको राष्ट्रिय टिमसँग अभ्यानस खेल खेल्न लागेको हो ।
भुटान र नेपाली युथ टिमबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान ९ बजेबाट सुरु हुनेछ । यू–१९ टिमका मुख्य ६ खेलाडीहरु राष्ट्रिय टिमको क्लोज क्याम्पमा छन् ।
साफको लागि भुटानी टिम हिजो नै नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

