काठमाडौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकुद केन्द्रले प्रतिस्पर्धा गर्दै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार आजको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा पौने एक बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने अर्को खेलमा महाबिर स्टडीज एण्ड एथलेटिक्स एसोसियसन र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाले ‘बी’ डिभिजन लिग सकिए लगत्तै ‘सी’ डिभिजन लिग गर्न लागेको हो । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
सहभागी क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाईनेछ । समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष ४ टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।

