काठमाडौ । राहत शिक्षकहरुले आफ्नो आन्दोलनको कार्यक्रम अन्तर्गत आज पनि माइतीघर मण्डलामा धर्ना दिदैंछन् ।
राजधानी काठमाण्डौँ केन्द्रीत आन्दोलन गरिरहेका शिक्षकहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । राहत शिक्षक संघर्ष समितिका संयोजक खेमराज अधिकारीले बिहान ११ बजेपछि माइतिघर मण्डलामा धर्ना कार्यक्रम सुरु हुने बताउनुभयो ।
शिक्षा मन्त्रालयले भने राहत शिक्षक व्यवस्थापनको काम स्थानीय तहको विषय भएको यसअघि नै बताइसकेको छ ।

