बुधबार, बैशाख १२, २०८१

आज देशभरको मौसम सफा रहने

काठमाडौ । आज देशभरको मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भु–भागमा भने आशिक बदली हुनसक्ने सम्भावना देखिएको छ ।

मौसमविद् विभुति पोखरेलले अपरान्हपछि पहाडी भुभागमा बदली भएपनि सामान्यतया देशभर आज मौसम सफा रहने जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा बिहानै घाम लागेको छ ।