बिहिबार, बैशाख १३, २०८१

नयाँ शैक्षिकसत्र सुरु भयो तर पाठ्यपुस्तक छैन

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । तर हुम्ला, जुम्ला र डोल्पाका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।

नयाँ शैक्षिकशस्त्र शुरु भएको २० दिन पुग्यो । तर विकट जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । चन्दननाथ नमुना माध्यमिक विद्यालय जुम्लाको कक्षा १० का छात्र मनिष महतारा पाठ्यपुस्तक नपाउँदा समस्या भएको बताउनुहुन्छ ।

यस क्षेत्रका विद्यार्थीलाई वर्षेनी यस्तो समस्या पर्छ । पाठ्यपुस्तक समयमा आइनपुग्दा विद्यार्थी मात्रै होइन, शिक्षक पनि समस्यामा पर्छन् । बालमन्दिर आधारभुत विद्यालय दुनै डोल्पाका प्रधानाध्यापक अम्बिका हमाल पनि यस्तै गुनासो सुनाउनुहुन्छ ।

समयमा पुस्तक पु¥याउन संघीय, प्रदेश र स्थानीय सरकारका साथै विद्यालय व्यवस्थापनको पनि भूमीका हुन्छ । तरपनि विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक पुगिरहेको छैन । प्रदेश सरकारले कुनै पहल गर्दैन ? सामाजिक विकास मन्त्री दल रावलले यसका लागि पहल भइरहेको बताउनुभयो ।

पाठ्यपुस्तक ढिला पुग्दा विद्यार्थीको सिकाई र नतिजामा असर परिरहेको छ । जसका कारण कर्णालीको शैक्षिक गुणस्तर बढाउने योजना विफल हुने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।