बिहिबार, बैशाख १७, २०८३

सरकारी अस्पतालको वर्गीकरण, कस्ता अस्पताल कुन बर्गमा ?

काठमाडौ । स्वास्थ्य मन्त्रायलले सरकारी अस्पतालको वर्गीकरण गरेको छ । अस्पतालले दिने सेवाका आधारमा वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

अस्पताल तथा स्वास्थ्य संस्था व्यवस्थापन सुदृढीकरणका लागि न्यूनतम सेवा मापदन्ड कार्यक्रम निर्देशिका २०७५’ अनुसार अस्पतालको वर्गीकरण गरिएको हो ।

प्राइमरी अस्पताल, सेकेन्डरी अस्पताल ‘ए’, सेकेन्डरी अस्पताल ‘बी’ र ट्रसरी अस्पताल गरी चार तहका अस्पतालमा वर्गीकरण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मातृसन्देश डट कमलाई जानकारी दिनुभयो ।

न्यूनतम सेवा मापदण्डले निर्धारित सेवा दिने सामान्यता १५ देखि ५० शैयासम्मका अस्पताललाई प्राइमरी अस्पताल अस्पतालका रुपमा परिभाषित गरिएको छ । सेकेन्डरी अस्पताल ‘ए’ न्यूनतम सेवा मापदन्डले निर्धारित सेवा दिने सामान्यता १ सय १ देखि २ सय शैयासम्मका अस्पताल हुन् ।