बिहिबार, बैशाख १७, २०८३

उपभोक्तामा ग्यास अभाव हुने त्रास, अभाव नहुने आय निगमको दावी

काठमाडौ । नेपाल आयल निगमले खाना पकाउने ग्यास अभाब नहुने स्पष्ट पारेको छ ।

बजारमा ग्यास पर्याप्त भएकाले ग्यास अभाब नहुने भन्दै आयोगले हल्लाको पछाडी नलाग्न आग्रह गरेको छ । आयल निगमले खाना बनाउने ग्यास माग अनुसार नै आयात भइरहेकाले अभाव नहुने जनाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात (पिडिओ) रहेको जानकारी दिनुभयो ।

कागजातबाट ग्यास ल्याउने कार्य नियमित भइरहेको छ । सन् २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार सातसय ५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ ।