बिहिबार, बैशाख १७, २०८३

विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई निर्देशन

काठमाडौं । सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित गर्ने आन्दोलन नगर्न आग्रह गरेको छ ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय सरकारलाई निर्वाध रुपमा पठनपाठनको वातावरण मिलाउन पनि आग्रह गरेको छ ।

दुई दिनदेखि राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरु आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै काठमाडौं प्रर्दशनमा उत्रिएका छन् ।